काठमाडौँ – सरकारले बिटौरी जग्गामा बसोवास गर्दै आएका नागरिकहरूको हक सुरक्षित गर्न समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार सरकारले लामो समयदेखि बिटौरी जग्गामा बसोवास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने प्रक्रियालाई सहज बनाउन ‘बिटौरी जग्गामा बसोवास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३’ स्वीकृत गरेको छ।
आर्थिक क्षेत्रमा सरकारले नेपालको भूकम्पीय जोखिम व्यवस्थापनका लागि विश्व बैंकसँग सम्झौता अघि बढाउने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
– विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ वनसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने।
– बिटौरी जग्गामा बसोवास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।
– जापानको आइची–नागोयामा आयोजित २० औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।
– नेपाल न्याय सेवाको सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने








