काठमाडौँ – नेकपा एमालेले १३ जना नेतालाई केन्द्रीय किमिटी सदस्यमा मनोनीत गरेको छ।
शनिबार बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
मनोनीत हुनेमा सीता पंगेनी, सीता अधिकारी, तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, तेजमान कन्दङ्वा, टंक आङबुहाङ्ग, सावित्रा अर्याल, इन्दु कडरिया, धर्मनाथप्रसाद साह, नवीन रोका मगर र डबल पाण्डे छन्।







