images
images

कांग्रेसको उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी भए । मधु आचार्य पनि २ हजार ३४२ मत सहित उपसभापतिमा विजयी भए ।

समावेशी उपसभापति पदमा बिनोद चौधरी १ हजार ७४५ मतका साथ निर्वाचित चुनिए ।

खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महिला उपसभापतिमा यसअघि नै पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी थिइन् । वरिष्ठ उपसभापति पदमा पनि विश्व प्रकाश शर्मा निर्विरोध भएका थिए ।