काठमाडौँ – पूर्वसांसद विजय पौडेलको निधन भएको छ।
सोमबार कीर्तिपुर अस्पताल ल्याउँदै गर्दा उनको निधन भएको हो।
एमालेबाट राजनीति जीवन सुरु गरेका पौडेल प्रसिद्ध वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन्।
एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउने समयमा भूमिका खेलेका पौडेल पछिल्लो समय नेकपा संयुक्तमा आबद्ध थिए।
अर्थशास्त्रीका रुपमा परिचित पौडेल जनता टेलिभिजन सञ्चालन लागेका थिए।








