images
images

राष्ट्रपतिबाट दुई अध्यादेश जारी

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) अनुसार ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

सरकारको सिफारिसमा जारी भएका यी अध्यादेशमार्फत वन तथा भूमि सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा संशोधन गर्ने बाटो खुलेको छ।

यसअघि सरकारले विपद्सम्बन्धी अध्यादेश ल्याएको थियो। विपद्मा हराइरहेका व्यक्तिलाई मृत घोषणा गर्ने अवधि छोट्याउने गरी असोज २३ मा विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएको थियो।