images
images

कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनको मतगणना मंगलबार सकिएको हो।

खतिवडाले २ हजार ९१९ र शिवाकोटी २ हजार १७२ मत पाए।

सहमहामन्त्रीको प्रतिस्पर्धामा रहेका डिल्लीराम सुवेदीले १ हजार ८५१, देवेन्द्रराज कँडेलले १ हजार ३८२, राजिव ढुंगानाले १ हजार २४१, विकास कोइरालाले १ हजार १४९, अमृतकुमार अर्यालले १ हजार ३९, रमेशप्रसाद धमलाले ८२१ र विमलराज क्षेत्रीले २८२ मत पाए।