images
images

कांग्रेस जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै दुई महिलासहित सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

महिलातर्फ सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित भएका छन् । घिमिरेले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत ल्याइन् ।

क्षेत्रगत रूपमा युरोपबाट जितेन्द्रविक्रम शाही १ हजार ४१२ मतसहित विजयी भए । ओसियाना–अमेरिका क्षेत्रबाट विद्याभूषण कार्कीले १ हजार ९५१ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाए ।

त्यस्तै, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल २ हजार ९४ मतसहित निर्वाचित हुँदा प्यासिफिक क्षेत्रबाट डा। बलराम श्रेष्ठले १ हजार ९२० मत प्राप्त गरी जित हासिल गरे ।

भारतबाट बालकृष्ण पाण्डे सर्वाधिक ३ हजार ८२७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।