काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेन आगामी मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने गरि तयारी सुरू भएको छ।
प्रधानमन्त्री शाह मंसिर ७ गते नयाँदिल्ली पुग्ने परराष्ट्र मन्त्रालय सम्बद्घ सूत्रले नेपाललाइभलाई बुधवार जानकारी दिएकाे छ ।
भ्रमणको मिति र कार्यक्रमबारे भने नेपाल तथा भारत सरकारका तर्फबाट औपचारिक घोषणा हुन बाँकी छ।
भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शाह नोभेम्बर २३ देखि २५ (मंसिर ७-९ गते) सम्म भारत भ्रमणमा रहने समाचार प्रेषित गरेका थिए ।








