मोरङ – सुनसरीको देवानगञ्ज गाँउपालिका १ मा असोज ३ गते स्थानीय निरज यादवमाथि भएको गोलीप्रहारमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।
बिहीबार इनरुवास्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी उपरिक्षक पुष्पराज मल्लले घटनामा संलग्नहरु नेपाल र नेपाल भारतको सीमा क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए।
यसक्रममा हालसम्म घटनामा संलग्न देखिएका पाँच जनामा देवानगञ्ज गाउँपालिका २ का १८ वर्षीय विष्णुकुमार यादव, २३ वर्षीय सुशील यादव, २४ वर्षीय जयकृष्ण यादव, २६ वर्षीय रणधीर यादव र २७ वर्षीय कुलचन्द यादव रहेको सुनसरी प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक मल्लले जानकारी दिए।
असोज ३ गते २४ वर्षीय यादवलाई दुईपक्षको झडपका क्रममा गोली प्रहार भएको प्रहरीले जनाएको छ। यादवको खुट्टामा गोली लागेको प्रहरीको भनाई छ। घटना लगत्तै यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गरिएको हो। घटनासंगै स्थानीयको सहयोगमा प्रहरीले संलग्न १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि फरार रहेका मध्ये रणधीर, कुलचन्द र सुशीललाई भने प्रहरीले नेपाल र भारतको सीमा क्षेत्रमा लुकीछिपी बस्दै आएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेनलमा प्रहरी उपरिक्षक मल्लले नियन्त्रणमा लिइएका पाँच जनालाई आवश्यक अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए। यद्धपि, सो गोलीकाण्डमा थप केही ब्यक्ती अझपनि फरार रहेकाछन्। उनीहरुको प्रहरीले खोजी जारी राखेको कार्यालयले जनाएको छ।









