काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुवाहक माइक्रोबस करिब ५०० मिटर तल भिरमा खस्दा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
आज बिहान ५:४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको म.प्र.०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक माईक्रोबस दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको र ५ जना घाइतेको उद्धार गरिएको छ। घाइते तथा मृतकको विस्तृत विवरण आउन बाँकी रहेको छ।









