काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस बिहीबार बिहान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको थापाले बताएका छन्। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकाकुल परिवारजनमा समवेदना र धैर्यधारणको कामना गरेका छन्। साथै, उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
छठ पर्व मनाउन घर फर्किरहेका यात्रुहरू दुर्घटनामा परेसँगै सर्लाहीसहित विभिन्न क्षेत्र शोकमग्न बनेको छ।









