images
images

छठका अवसरमा सोमबार पनि दिइयो सार्वजनिक बिदा

काठमाडौँ- सरकारले छठ पर्वको अवसरमा सरकारले आउने सोमबार (कात्तिक ३० गते) पनि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ। यसअघि कात्तिक २९ गते आइतबार छठका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। सरकारले फेरि छठको भोलिपल्ट सोमबार पनि बिदा दिएको हो।

छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समापन गर्ने परम्परा रहिआएकाले भोलिपल्ट समेत सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ।