images
images

सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित

काठमाडौं – रेमिट्यान्स तथा मनी ट्रान्सफर कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आइएमईका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका हुन्।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए। उनले रेमिट्यान्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचान विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विभिन्न देशमा रहेका एक सयभन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत कम्पनीले रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

यसअघि पनि आइएमई पटक–पटक सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित भइसकेको छ।