काठमाडौं – नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान, व्यावसायिक उत्तरदायित्व र राष्ट्रप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै चौधरी ग्रुप (सीजी) र नबिल बैंक उच्च करदाता सम्मानबाट सम्मानित भएका छन्।
राष्ट्रिय कर राजस्वमा २.५ प्रतिशतभन्दा बढी योगदान पुर्याउँदै आएका यी संस्थाले सरकारबाट प्राप्त सम्मानमार्फत आफ्नो आर्थिक योगदानलाई थप प्रतिष्ठित बनाएका छन्। चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स वस्तु व्यापार क्षेत्रबाट उत्कृष्ट करदाता बनेको छ भने नबिल बैंक बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ। यो उपलब्धिले नेपालको निजी क्षेत्रले सरकारी राजस्व, आर्थिक गतिविधि विस्तार र राष्ट्र निर्माणमा पुर्याउँदै आएको योगदानलाई उजागर गरेको छ। सम्मान प्राप्त भएपछि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जनताको विश्वास, कर्मचारीको समर्पण, ग्राहकको साथ र देशका लागि सेवा गर्न पाएको अवसरप्रति कृतज्ञता व्यक्त गरेका छन्।
राष्ट्रिय राजस्वमा २.५ प्रतिशतभन्दा बढी योगदान, सीजी र नबिललाई उच्च करदाता सम्मान काठमाडौं । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान, व्यावसायिक उत्तरदायित्व र राष्ट्रप्रतिको प्रतिबद्धतालाई सम्मान गर्दै चौधरी ग्रुप (सीजी) र नबिल बैंक उच्च करदाता सम्मानबाट सम्मानित भएका छन्। राष्ट्रिय कर राजस्वमा २.५ प्रतिशतभन्दा बढी योगदान पुर्याउँदै आएका यी संस्थाले सरकारबाट प्राप्त सम्मानमार्फत आफ्नो आर्थिक योगदानलाई थप प्रतिष्ठित बनाएका छन्। चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स वस्तु व्यापार क्षेत्रबाट उत्कृष्ट करदाता बनेको छ भने नबिल बैंक बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ। यो उपलब्धिले नेपालको निजी क्षेत्रले सरकारी राजस्व, आर्थिक गतिविधि विस्तार र राष्ट्र निर्माणमा पुर्याउँदै आएको योगदानलाई उजागर गरेको छ। सम्मान प्राप्त भएपछि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जनताको विश्वास, कर्मचारीको समर्पण, ग्राहकको साथ र देशका लागि सेवा गर्न पाएको अवसरप्रति कृतज्ञता व्यक्त गरेका छन्।
सीजी ग्रुप र नबिल बैंकको यो सम्मान केवल संस्थागत उपलब्धि मात्र नभई नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका, करप्रतिको जिम्मेवारी र राष्ट्र निर्माणमा व्यवसायिक क्षेत्रको साझेदारीको सम्मानसमेत हो। देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित अघि बढिरहेका यी संस्थाका लागि सम्मानले आगामी दिनमा अझ जिम्मेवार, प्रभावकारी र राष्ट्रमुखी योगदान गर्ने प्रेरणा थपेको छ।









