images
images

काठमाडाैँ क्षेत्र नं ४ (२) को प्रदेस सभा सदस्यमा राजन श्रेष्ठ ‘धरातल’ को उम्मेदवारी

काठमाडाैँ । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले काठमाडाैँ क्षेत्र नं ४ (२) को प्रदेस सभा सदस्यमा नेकपा एमालेको तर्फबाट राजन श्रेष्ठ ‘धरातल’ ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

काठमाडाैँको केन्द्र मानिने निर्वाचन क्षेत्र नम्वर ४ (२) मा युवा नेतृत्वको आवश्यकता महशुस गरि उम्मेदवारी घोषणा गरेको ‘धरातल’ ले जानकारी दिनुभयो ।

उहाँको उम्मेदवारी घोषणा सँगसँगै राजनितिमा निकै जोडतोडले चर्चा चलिरहेको छ । ‘धरातल’ बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का सक्रिय युवा हुनुहुन्छ ।

अंग्रेजी साहित्यमा एमए र एमफिल गरी विधावारिधि (PHD) गर्दै गरेका श्रेष्ठ नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य रहनु भएको छ भने, नेपाल खेलकुद महासंघको जिम्मेवारी स्थानमा समेत रहनुभएको छ ।

लामो समय देखि शैक्षिक क्षेत्रमा क्रियाशील रहेका ‘धरातल’ मनास्लु वर्ल्ड कलेजका क्याम्पससिप तथा म्यानेजिङ डाइरेक्टर रहनुभएको छ । उहाँ हिसान, नेसनल प्याव्सन लगायतका पेशागत संघ संस्थामा समेत आवद्ध रहनु भएको छ ।

लायन्स क्लव मार्फत समाजसेवामा सक्रिय ‘धरातल’ देश विकासका लागि युवा उर्जा र जोश सहितको नेतृत्व आवश्यक रहको बताउनुहुन्छ ।