images
images

सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न

काठमाडौँ । चावहिलस्थित सेन्ट लरेन्स कलेजले कक्षा ११ का विद्यार्थीहरु लक्षित अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक ताराप्रसाद सुवेदीले नव आगन्तुक विद्यार्थी तथा अतिथिलाई स्वागत गर्दै सेन्ट लरेन्सले गुणस्तरीय शिक्षा दिन कुनै कसर नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले सेन्ट लरेन्समा कक्षा ११ मा भर्ना हुनु भएका विद्यार्थीलाई यो दुई वर्षको अध्ययन सम्झनलायक हुने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि समेत रहनु भएका काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले देशकै सेवामा लाग्न सक्ने जनशक्ति सेन्ट लरेन्सले उत्पादन गर्न सक्ने बताउनुभयो ।

त्यसैगरी, प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्वर-७ का वडाध्यक्ष बिमलकुमार होडाले शुभकामना दिँदै सेन्ट लरेन्सले अभिभावकीय जिम्मेवारी पुरा गर्दै विद्यार्थीलाई सत्मार्गमा लगाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष केशव प्रसाद दंगालले विद्यार्थीहरुले जुन विश्वास गरेर सेन्ट लरेन्स रोजेका छन् त्यो विश्वासलाई कहिल्यै डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, कक्षा १२ की छात्रा एलिशा श्रेष्ठले सेन्ट लरेन्सको अनुभव सुनाउँदै कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेकी थिइन् । त्यसैगरी, कक्षा ११ मा भर्ना भएकी आयुषा तिमल्सिनाले सेन्ट लरेन्स रोज्नुको औचित्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रेरक वक्ता रबिन कट्वालले विद्यार्थीहरुमा जिवनोपयोगी ज्ञान प्रस्तुत गर्नुभइको थियो । विश्वका विभिन्न सफल व्यक्तिका सफलताका कथा सुनाउँदै उहाँले विद्यार्थीहरुमा उत्प्रेरणा भर्नु भएको थियो । यसैगरी, कार्यक्रममा सेन्ट लरेन्समा अध्ययन गरी विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । तस्विर : दिलिप वैद्य