images
images

उच्च शिक्षामा सूचना प्रविधि केन्द्रित सिकाइका लागि सम्झौता

काठमाडौँ । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजलाई नेपालकै नमूनायोग्य सूचना प्रविधिक केन्द्रित शिक्षालयका रूपमा आफूलाई स्थापित गर्न आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना प्रविधिसम्बन्धी कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

ललितपुरको ताल्सिखेलस्थित सो कलेजले कक्षा ११ र १२ का विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराइ बजारमा काम गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित आज आयोजित कार्यक्रममा ट्रीलिफ टेक्नोलोजिज, क्राफ्टर्स टेक्नोलोजी, एयुएक्सएफआइएन बिट आइकोनिक कम्पनीले सो सम्झौता गरेका हुन् । विद्यालयका प्रधानाध्यापक सुदर्शन नेपाल र कम्पनीका प्रतिनिधिबीच सम्झौता भएको हो ।

नेपाल तथा विदेशमा रहेका धेरै कम्पनीले दक्ष जनशक्तिको अभावको सामना गरिरहेका छन् र भविष्यको मागलाई सम्बोधन गर्न माध्यमिक तहका विद्यार्थीलाई कार्यमूलक सूचना प्रविधिका सीप उपलब्ध गराउने योजना सम्झौतामा उल्लेख छ । सो कलेजले स्थापनाको ४९औँ वर्ष उत्सवको पूर्वसन्ध्यामा स्कूल र कलेजमा व्यावहारिक आईटी सीप प्रदान गर्दै आएको छ ।

यस सम्झौताबाट टेक्नोलोजी कम्पनीबाट मद्दत लिँदै कलेजले आफ्ना शिक्षार्थीलाई दक्ष जनशक्तिमा परिणत गर्न सक्नेछ । यसबाट विद्यार्थीले अनुसन्धान, प्रशिक्षण र प्रयोगशालाका सक्षमताका साथै पाठ्यक्रमको रूपमा आईटी सीप (प्रोग्रामिङ, डिजाइनिङ, प्राविधिक लेखन, एआइ, आइओटी, टिएफएलएस सोच) को विकास गर्न सक्ने कलेजा उपाध्यक्ष रमेश पराजुलीले जानकारी दिनुभयो ।