images
images

श्रममन्त्री भण्डारी र आईएलओका निर्देशकबीच भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बर्लिन ब्यूरो निर्देशकबीच भेटवार्ता भएको छ । जर्मनीसँग श्रम समझदारी गर्न त्यहाँ पुगेका मन्त्री भण्डारी र आईएलओ बर्लिन ब्यूरो निर्देशक डा. अन्नेट्टे निइडेर्फ्र्याकंबीच शिष्टाचार भेटवार्ता भएको हो । 

बर्लिनस्थित नेपाली दूतावासमा भएको भेटवार्ताको क्रममा मर्यादित एवं सुरक्षित श्रम आप्रवास र नेपाली कामदारको सामाजिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो । भेटको क्रममा नेपाली कामदारको सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक लगायतका विषयमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा कुराकानी भएको थियो । 

जमर्नीसँग अक्टोबर ११ तारिखमा श्रम समझादारी हुनेछ । त्यसका लागि मन्त्री भण्डारी नेतृत्वको टोली जमर्नी पुगेको हो । सोही क्रममा निर्देशकसँग भेट भएको हो ।