images
images

इजरायलमा दश नेपालीको मृत्युपछि आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । इजरायलमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो  

आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको प्रष्ट्याइन्। मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

सरकारले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।

यस्तै, इजरायलबाट नेपाल फर्किन चाहनेहरुलाई पनि ल्याउने आवश्यक पहल गर्ने सरकारले निर्णय गरेको छ।