images
images

अवैध संरचना तत्काल हटाउन वडाध्यक्ष संगतको आग्रह

काठमाडौं महानगरपालिका- ८ का वडाध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरूलाई आग्रह गरेका छन् । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गर्दा अटेको गरेको भन्दै आजबाट अव्यवस्थित संरचना हटाउन थालिएको हो ।

पटक-पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीहरूले नमानेपछि आफैँ फिल्डमा उत्रिनुपरेको वडाध्यक्ष संगतले बताए । उनले काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षहरूको यसमा साथ समर्थन रहेको बताए । अव्यवस्थित संरचनाहरू खाली गराउन सके सबैमा समस्याको समाधान हुने उनले बताए ।

पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाई आज आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए भोलिदेखि महानगरले सामान उठाएर लानेसमेत संगतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाहरू भाडामा दिएर भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू आजबाट बन्द गरिएको समेत वडाअध्यक्ष संगतले जानकारी दिए ।

अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीहरूले चाडवाडको बीचमा रोजीरोटी गम्ने अवस्था आएकोले महानगर तथा वडाको सूचनालाई आत्मसात गर्दै संरचना तथा पसलहरू तत्काल हटाउने बताएका छन् ।