images
images

राष्ट्रसंघ महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले असोज अन्त्यमा गर्ने भनिएको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालले यसको पुष्टि गरिन्।

इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको लम्सालले जानकारी दिइन्।

महासचिव गुटरेसको नेपाल भ्रमण असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम थियो। गुटरेसले केही समयपछि नेपाल भ्रमण गर्ने सरकारले जानकारी दिएको छ।