images
images

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। पर्यटकको आवागमन बढेसँगै व्यवसायीमा खुसी छाएको छ।

विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा ठमेलका व्यवसायी आर्थिक समस्यामा परेका छन्। पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ।

स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्कँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताए।

‘अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक मुस्किलले १० देखि १५ जना स्वदेशी तथा विदेशी पाहुना खाना खान आउनुहुन्थ्यो, यो महिना दैनिक ४५ देखि ५० जनासम्म आउने गर्नुभएको छ, रेष्टुराँमा आएकामध्ये अधिकांश विदेशी पाहुना हुनुहुन्छ’, थापाले भने।

ठमेलमा डेढ दशकदेखि पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरे पनि पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउँछन्। 

हजार छ सय ९४ जना भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै, चिनियाँ पर्यटक आठ हजार एक सय ७४, अमेरिकी पर्यटक सात हजार तीन सय ६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

यसैगरी, बङ्गलादेशबाट तीन हजार सात सय १६, बेलायतबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११ जना, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ जना पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)० डा धनञ्जय रेग्मी नेपालको पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकको ठूलो भूमिका रहेको बताउँछन्। ‘नेपाल पर्यटन बोर्डले पछिल्लो समय भारत र चीनका पर्यटकलाई  लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको छ,’ उनले भने।

विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई गृह मन्त्रालयले सहजरुपमा भित्रिने वातावरण निर्माण गरे नेपालमा भारतीय पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ। नेपाल भित्रिने भारतीयलाई नाकामा गरिने व्यवहारमा सुधार ल्याउनुपर्ने रेग्मीले बताए।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१, सन् २०२० मा दुई लाख ३० हजार र सन् २०२१ मा एक लाख ५० हजार नौ सय ६२ र सन् २०२२ मा छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल भित्रिएका हुन्। रासस