images
images

चितवनमा हजुरआमाको हत्या गरी फरार नाति १९ वर्षपछि पक्राउ

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले हजुरआमाको हत्या गरी फरार भएका एक जनालाई १९ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साधुको भेष गरी लुकेर बसेका भरतपुर–७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका तोयनाथ चापागाईंलाई घटनाको १९ वर्षपछि पक्राउ गरेको हो ।

ADVERTISEMENT

चापागाई नवलपुरको वर्दघाट–४ को बाढीपीडितस्थित शिव मन्दिरबाट भेष बदलेर साधुको रुपमा बसेका थिए । २०६१ साल मंसिर १४ गते चापागाईंले आफ्नो सौतेनी आमाको आमालाई हत्या गरेका थिए ।

उक्त समयमा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् । उनले सुतेको अवस्थामा बाँसको लौरो र ढुंगाले हानेर हजुरआमाको हत्या गरी कानमा लगाएको गहना समेत लुटेर भागेका थिए । पक्राउ परेका चापागाईंको अनुसन्धानको लागि जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरिएको छ ।