images
images

जर्मनीसँग श्रम सम्झौता [प्रेस विज्ञप्ति सहित ]

काठमाडौँ । नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र (जेडीओएल) मा हस्ताक्षर गरेका छन् ।

श्रममन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायकाअन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले आ–आफ्नो सरकारको तर्फबाट श्रम समझदारीमा हस्ताक्षर गरेका छन् । 

नेपालको रोजगार तथा सामाजिक सुरक्षा र महामहिम सुश्री लियोनी गेबर्स, राज्य सचिव (उपमन्त्री) जर्मनीको संघीय श्रम तथासामाजिक मामिला मन्त्रालयमा हस्ताक्षर गर्नुअघि मन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र महामहिम राज्य सचिव(उपमन्त्री) को नेतृत्वमा रहेको उच्चस्तरीय जर्मन प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । 

सो अवसरमा दुई प्रतिनिधिमण्डलका नेताहरूले मुख्यत: नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, कानुनी आप्रवासनप्रतिनेपालको प्रतिबद्धता, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसनलगायतविषयमा विचार आदान प्रदान गरेका थिए । 

हस्ताक्षर भएसँगै अब श्रम क्षेत्रमा  रोडम्यापको पहिलो चरण सुरू भएको बताएका छन् ।

नेपालबाट जर्मनीमा निष्पक्ष र कानुनी श्रम आप्रवासनका लागि मन्त्री भण्डारीले मित्र राष्ट्र जर्मनी सरकारसँग सबै क्षेत्रमा सहकार्य गर्ननेपाल इच्छुक रहेको बताए ।

महामहिम सुश्री गेबर्सले श्रम समझदारीमा हस्ताक्षरले जर्मन रोजगारी बजारको आवश्यकताअनुसार नेपाली दक्ष कामदारलाईआप्रवासनमा संस्थागत व्यवस्थाका लागि अगाडि बढ्ने बाटो खोल्ने बताइन्। 

उनले हालैको जर्मन दक्ष आप्रवासन ऐनका सकारात्मक पक्षहरूलाई पनि हाइलाइट गरिन् जसले जर्मनीमा विदेशी दक्ष कामदारहरू भर्तीगर्ने प्रक्रियालाई सहज बनाएको छ।

मन्त्रीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका अन्य अधिकारी सहभागी थिए । 

मन्त्रालयले उक्त रोजगारीबाट धेरै नेपाली लाभान्वित हुने अनुमान गरेको छ 

रोजगारीमा जानका लागि भने विभिन्न परीक्षा लिइ पठाउनेसरकारको तयारी छ । त्यसका लागाि अनिवार्य जर्मनी भाषा गोथेमा भने दक्ष हुनुपर्नेछ । त्यसबाहेकको अन्य योग्यता सम्झौता भईप्रक्रियामा गइसकेपछि प्रष्ट हुनेछ ।

मन्त्रालयले उक्त रोजगारीबाट धेरै नेपाली लाभान्वित हुने अनुमान गरेको छ । रोजगारीमा जानका लागि भने विभिन्न परीक्षा लिइ पठाउनेसरकारको तयारी छ । त्यसका गाि अनिवार्य जर्मनी भाषा गोथेमा भने दक्ष हुनुपर्नेछ । त्यसबाहेकको अन्य योग्यता सम्झौता भईप्रक्रियामा गइसकेपछि प्रष्ट हुनेछ ।