images
images

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको प्रतिवेदन कानुन समितिबाट पारित

काठमाडौँ-कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

मंगलवार समितिलाई उपसिमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी बुधवार समितिले पारित गरेको हो। उपसमितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएको सहकारीको विषयमा विधेयकको सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने)मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रश्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताईन्।

उनका अनुसार समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरिएको छ। तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राख्ने तर तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान प्रश्ताव गरिएको छ।

उनले भनिन्,‘मनि लाउण्डरिङको विषयमा छलफल भयो र त्यसमा उपसमितिले हिजो नै प्रतिवेदन बुझाएको थियो । उपसमितिले बुझाएको प्रतिवेदनमा थप छलफल गर्नपर्ने विषयमा छलफल गरेका छौँ । अरु विषय उपसमितिले जे बुझाएको छ, त्यो नै विषय पास ग¥यौँ र सहकारीको विषयमा विधेयकको दफा १८ को उपदफा २ झिक्ने वा सहकारी ऐन, २०७४ को दफा ५२ मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रश्ताव भएको विषय हटाउने। क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर की ३ किलोमिटर गर्ने भन्ने विषय थियो, त्यो विषयमा तत्कालीन प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोह?को सन्दर्भमा त्यो कायम राख्ने र तत्कालीन अवस्थामा ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाह?ले अब तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने । अब बन्ने नयाँ क्यासिनोको हकमा ५ किलोमिटरको सीमा कायम गर्ने।’

समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक समितिमा अड्काएर राख्न नहुने बताए।