images
images

नेपालीको उद्धारको पहलका लागि परराष्ट्रमन्त्री साउद आज राति इजरायल जाँदै

नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउदसहितको  टोली इजरायल जाने भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली विद्यार्थी लिन इजरायल जाने निर्णय भएको बताए।

बुधबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रिजालले परराष्ट्र मन्त्री नै इजरायल जाने बताए।

‘नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्र मन्त्रीजी इजरायल जानुहुन्छ,’ रिजालले भने, ‘जो स्वदेश आउन चाहन्छन् उनीहरूलाई ल्याउने तयारी छ।’

बुधबार राति नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता लिएर आउने जानकारी दिइन्।

लम्सालका अनुसार अहिले इजरायल सरकारले नेपाल सरकारलाई नेपाली विद्यार्थीको शव हस्तान्तरण गरेको छैन।