images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा१२ देखि १५ ट्रली अट्ने क्षमता भएको लिफ्ट सञ्चालमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटासम्म ट्रली अट्ने लिफ्ट सञ्चालनमा आएको छ । विमानस्थलले बुधबारबाट उक्त लिफ्ट सञ्चालनमा ल्याएको छ।

एउटा लिफ्टमार्फत तीन वटामात्र ट्रली ल्याउन सकिन्थ्यो । त्यसैले आगमन कक्षमा यात्रुहरुले ट्रलीकै लागि लामो समय कुर्नुपर्ने बाध्यतालाई हटाउन ठूलो क्षमताको लिफ्ट सञ्चालनमा ल्याइएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।‘हामीसँग यसअघि तीनवटामात्र लिफ्ट थिए,’ उनले भने, ‘जसमार्फत एकपटकमा ९ वटामात्र ट्रली ल्याउन सकिन्थ्यो तर, अब एउटै लिफ्टबाट १५ वटासम्म ट्रली ल्याउन सकिने छ ।’

साथै, ति तीनवटा लिफ्ट पनि सञ्चालनमा रहने उनले बताए । ‘पहिलादेखि चलेका तीनवटा लिफ्ट पनि चल्छन्,’ उनले भने, ‘यसले यात्रुहरुलाई सहज हुने हामीले विश्वास लिएका छाैँ ।’साथै विमानस्थलमा यात्रुहरुले ट्रलीको पर्खाइमा लामो समय कुर्नुपर्ने बाध्यता हटेको उनको ठमाई छ।

निजी क्षेत्रको कम्पनी आइएमएस प्रा.लिले उक्त लिफ्ट सञ्चालनमा ल्याएको हो ।