images
images

बोल्ड डिसिजन नलिने हो भने देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा आउन सक्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र संकटको डिलमा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले संकटग्रस्त अर्थतन्त्र सूधार गर्न उच्चस्तीय संयन्त्र बनाउन सरकार तयार रहेको पनि जिकिर गरेका छन् ।

अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ ।’

प्रधानमन्त्री दाहालले संकटमा पुगेको अर्थतन्त्रलाई लयमा फर्काउन बोल्ड डिसिजन लिनुपर्ने अवस्था आएका बताए । उनले तत्कालै बोल्ड डिसिजन नलिएमा अप्ठ्यारो परिस्थिति आउन सक्ने उनको भनाई छ ।

उनले भने, ‘अर्थतन्त्र पक्कै पनि गम्भीर अवस्थामा छ । अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा छ । यसका आन्तरिक आयाम छन्। यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पनि छन् । तर, निर्णायक चाहिँ हामी आफैँ हो । नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । आजको दुनियाँमा बाह्य कारण पक्कै हुन्छ। निर्णायक हामी आफैँ हो ।’