images
images

स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौँ – सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुसँग वार्ता गर्न समिति गठन गरेको छ।

सरकारले सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको हो।

समितिमा सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टंकबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई सदस्य छन्।

संघीय निजामती ऐनमा आफूहरुका माग समेट्न माग गर्दै स्थानीय तहका कर्मचारीहरु १२ दिनदेखि आन्दोलनमा छन्। उनीहरुले काठमाडौँमा दिनहुँ प्रदर्शन गरिरहेका छन्।