images
images

पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा एमाले नेताको गाडी तोडफोड

काठमाडौँ  पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ताले एमाले नेता कार्यकर्ताको गाडी तोडफोड गरेका छन् । झापाको अर्जुनधारामा युवा संघको कार्यक्रममा एमाले नेता महेश बस्नेत सहभागी थिए । 

युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो । 

बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका गाडी तोडफोड भएको हो ।

तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको बुझिएको छ ।

तोडफोडमा संलग्नको खोजी भएपनि पक्राउ परिनसकेको डीआइजी बास्तोलाले बताए ।