images
images

बाँकेसहित ४ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?

काठमाडौँ । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाएको छ ।

सर्लाहीमा कार्यरत इन्द्रदेव यादवलाई जिल्ला प्रशासन कार्यालय इलाममा सरुवा गरिएको छ । कोमलप्रसाद धमलालाई सर्लाहीमा सरुवा गरिएको छ । धमला दोलखाका प्रजिअ थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखाको प्रजिअमा टुवराज पोखरेललाई पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ ।