images
images

जीतपुर सिमराका पूर्व मेयर मृत फेला

वीरगञ्ज –बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व मेयर डाकृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन्।

पूर्वमेयर पौडेल बिहिवार साझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित आफ्नै घरमा मृत फेला परेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी एमालेबाट मेयरमा जितेका थिए।घट्ना स्थालमा अहिले प्रहरी पुगेको छ।

उनी नेकपा एमालेको मधेस प्रदेश सचिव थिए।राजनीतिसँगै पौडेल सहकारी संस्था, समाजसेवामा आबद्ध थिए।