images
images

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक

मोरङ- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।

गृहनगर लेटांग नगरपालिका- ६ गुहावारीस्थित घरमा लिम्बूकी १०१ वर्षीया आमा हंसनुमा लिम्बूको शुक्रबार बिहान निधन भएको हो।

बिहान करिब ५ बजे निधन भएकी लिम्बूको पार्थिव शरीरलाई धार्मिक परम्परा र संस्कार अनुसार दिउँसो १ बजे लेटांगघाटमा अन्तिम संस्कार गरिने लिम्बूको परिवार स्रोतले जनाएको छ।

मन्त्री लिम्बूको सात दाजुभाइ र पाँच दिदीबहिनीको परिवार रहेको छ। मन्त्री लिम्बूको बुवाको समेत करिब १५ वर्षअघि निधन भइसकेको छ।