images
images

दवाव, तनाव र चुनौतिमा छु, राजनीति बाहिर पनि समाज छ भन्ने बुझें : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरुलाई दवाव, तनाव र चुनौति धेरै हुने बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफू अहिले दवाव, तनाव र चुनौतिको बीचमा रहेको बताउनुभयो । उहाँले माज भनेको राजनीतिमात्रै नभइ अन्यत्र पनि समाज भएको अनुभुति भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हामी राजनीतिकर्मीहरु अझ जिम्मेवारीमा भएकाहरुलाई राजनीतिकै दवाव, तनाव, एक खालको चुनौतिको बीचमा रहनुपर्ने हुन्छ । आज पनि मेरो दिन त्यस्तै थियो र छ । यही बीचमा पनि केही चिटहरु आए, कुराहरु आए । यस्तो बीचमा मानव सेवा आश्रमले असहायको सेवाको निम्ति यस वर्षको चाढ पर्वमा कसैले सडकमा बस्नु नपरोस् भनेर जुन अभियान लाँदै हुनुहुन्छ, सन्तोष, तनावमुक्त भएको जस्तो लागेको छ । समाज भनेको राजनीतिमात्रै होइन, अरु पनि पक्ष छन् जस्तो लागेको छ । धर्म, जिम्ेमवारीको अर्को झनै महत्वपूर्ण पाटो छ, जस्तो महशुस भयो ।’

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मावमुक्त घोषणा गर्नेकुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताउनुभयो । मानव सेवामा लाग्ने व्यक्ति पुजनीय भएको बताउनुभयो । उहाँले यात्राको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रमा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताउनुभयो । उहाँले सडकमा बसेका असाहाराको सहयोगी बन्नु जतिको ठूलो काम अन्यत्र नभएको बताउनुभयो । उहाँले राज्यले मानव सेवालाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले यसको सबै जिम्मेवारी व्यहोर्नुपर्ने बताउनुभयो ।