images
images

सहरी विकास मन्त्रालयको सचिवमा सरजुकुमार वैद्य

सहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी सरजुकुमार वैद्यले पाएका छन्।  

गत बसेको मन्त्रिपरिषद्को बैठकले सहरीको सचिवमा नेपाल ट्रष्टको कार्यालयबाट वैद्यलाई सरुवा गर्ने निर्णय गरेको हो।  

मेटियोरोलोजी तथा अप्लाई मेटियोरोलोजीबाट मास्टार डिग्रिसम्म अध्ययन पूरा गरेका वैद्य नेपाल ट्रष्ट कार्यालयमा जानु अघि जल तथा उर्जा आयोगको सचिवालयमा कार्यरत थिए।  

त्यसअघि सहसचिव हुँदा जल तथा मौसम विज्ञान विभागको महानिर्देशक थिए। वैद्य नेपाल ट्रष्टको कार्यालयमा १६ महिनासम्म काम गरेका थिए। ‘जुन सुकै सेवाबाट आएको व्यक्ति मन्त्रालयको सचिव भए पछि उसले गर्ने भनेको व्यवस्थापकीय काम हो’ वैद्यले भने,‘त्यो काम मबाट पूर्ण रूपमा हुनेछ।’  

सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ यही मंसिर १० गतेबाट अनिवार्य अवकाश पाए पछि सहरीमा सचिव पद रिक्त रहेको हो। रिक्त पदमा सहरी विकासमन्त्री सिता गुरुङले वैद्यलाई रोजेकी हुन्। सहरीमा प्रावधिक सचिव हुने कानुनमा व्यवस्था छ।