images

चालु वर्षमै १० वटा जहाज थप्छौं: मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।

आज मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडदारमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले अहिले फ्युज बढेका कारण भाडा दर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । 

उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए ।

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे । दसैंअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने उनले बताए ।

उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए ।