images
images

२०८४ मा एकल बहुमतको सरकार एमालेको लक्ष्यः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताएका  छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उgले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए।

उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताए। आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको उनको भनाइ थियो। उनले कांग्रेसको कुनै नीति र विधि नरहेको बताए।

उनले भने, ‘अहिले हामी मिसन–२०८४ भनेर अघि बढिरहेका छौँ। हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो। त्यसको आवधिक टार्गेट मिसन २०८४ हो। मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार।’ रासस