images

एनआरएनएको अध्यक्षमा ४ र उपाध्यक्षमा डेढ दर्जनको उम्मेदवारी (नामावलीसहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । 

निर्वाचन समितिका सदस्य चिरञ्जिवी ढकालले असोज २ गते हुने निर्वाचन प्रयोजनका लागि असोज २५ देखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको जानकारी दिए । जसअनुसार निर्वाचन समितिले सोमबार साँझ संघको निर्वाचनसम्बन्धी नियमावली, २०२१ (संशोधन २०२३) को नियम ८(११) बमोजिम सबै पदका उम्मेदवारको पहिलो  नामावली सार्वजनिक गरेको छ । 

समितिका अनुसार उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट  ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ । 

यसैगरी महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५ जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सहकोषााध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको उम्मेदवारी परेको छ । 

यस्तै एक/एक जना निर्वाचित हुने महिला संयोजकमा दुई, युवा संयोजकमा दुई, अमेरिकाज क्षेत्रीय संयोजकमा दुई, एसिया प्यसिफिक संयाजकमा ४, युरोप संयोजकमा ३, मध्यपूर्व संयोजकमा २ जनाको उम्मेदवारी परेको छ । 

यसैगरी अफ्रिका संयोजकमा पुष्पराज भट्टराईको एकल उम्मेदवारी परेपछि सर्वसम्मत भएका छन् । यस्तै ओसिनिया क्षेत्रीय संयोजकमा पनि दिनेश पोख्रेल सर्वसम्मत भएका छन् । 

यसैगरी अफ्रिका क्षेत्रीय उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेन । अमेरिकाज क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी परेको छ भने एसिया प्यासिफिक उपसंयोजकमा ५ जना, युरोप क्षेत्रीय उपसंयोजकमा ८ जनाको उम्मेदवारी परेको छ । यसैगरी मध्यपूर्व क्षेत्रीय उपसंयोजकमा ६ जनाको उम्मेदवारी परेको छ । 

ओसिनिया क्षेत्रीय उपसंयोजकमा तीन जनाको उम्मेदवारी पर्दा अफ्रिका क्षेत्रीय महिला संयोजकमा खेसाना लिम्बुको एकल उम्मेदवारी परेसँगै सर्वसम्मत भएकी छन् । यसैगरी अमेरिकाज क्षेत्रीय महिला संयोजकमा पनि इन्दिरा त्रिपाठी सर्वसम्मत भएकी छन् । यसैगरी एसिया प्यासिफिक महिला क्षेत्रीय संयोजकमा अनिता गुरुङ लामा, मिडल इस्ट महिला क्षेत्रीय संयोजकमा लक्ष्मी गिरी, ओसिनिया महिला संयोजकमा रेनुका लामा सर्वसम्मत भएका छन् । तर, युरोप क्षेत्रीय महिला संयोजकमा भने दुई जनाको उम्मेदवारी परेको छ । 

यसैगरी क्षेत्रीय महिला उपसंयोजकतर्फ एसिया प्यासिफिकमा इन्दिरा तिवारी, युरोपमा भवानी तिवारी, मिडल इस्टमा सरिता भण्डारी पौडेल सर्वसम्मत चयन भएका छन् । 

यसैगरी अफ्रिका क्षेत्रीय युवा संयोजकमा कसैको उम्मेदवारी परेन भने अमेरिका क्षेत्रमा स्वराज खाती सर्वसम्मत भए । यसैगरी युवा क्षेत्रीय संयोजकतर्फ नै एसिया प्यासिफिकमा  विकास बस्नेत सर्वसम्मत चयन भए भने युरोप क्षेत्रमा प्रकाश भण्डारी सर्वसम्मत भए । यसैगरी मध्यपूर्वमा भने कसैको पनि उम्मेदवारी परेन । यस्तै ओसिनियामा सूर्य आचार्य सर्वसम्मत हुँदा क्षेत्रीय युवा उपसंयोजकतर्फत अफ्रिका क्षेत्रमा कसैको उम्मेदवारी परेन भने अमेरिकाज क्षेत्रमा विशाल रानाको उम्मेदवारी दर्ता भएको छ । उनको एकल उम्मेदवारी परेकाले सर्वसम्मत भएका छन् । 

यस्तै एसिया प्यासिफिकमा नारायण खड्का सर्वसम्मत हुँदा युरोपमा कसैको पनि उम्मेदवारी परेन । यस्तै मध्यपूर्वमा कृष्ण कुमार ठाकुर सर्वसम्मत हुँदा ओसिनियामा पनि कसैको उम्मेदवारी दर्ता भएन । यस्तै दोस्रो पुस्ताको एनआरएनए संयोजकमा पनि कसैको उम्मेदवारी परेन । एनआरएनएले दोस्रो पुस्तालाई समेट्न खोजेपनि कसैको उम्मेदवारी नपरेपछि सो पुस्ताको संघमा आकर्षण नदेखिएको हो कि भन्ने प्रश्न समेत उठेको छ । प्रारम्भिक नामावलीको आधारमा एनआरएनएले अब दाबी विरोधपछि अन्तिम नामावली प्रकाशित गरेर अन्तिम सूची प्रकाशित गर्नेछ । यस्तै निर्विरोध भएकाहरुलाई प्रक्रिया पुरा गरेर निर्वाचन समितिले विजयी भएको घोषणा गर्नेछ । एनआरएनएको निर्वाचनबाट एक अधयक्षसहित कुल ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ।https://drive.google.com/file/d/19V9PiY3IhU0T89VAh2AqK_leg_Fo4RzW/preview