images
images

सहमतिपछि पनि कोशीमा चलखेल गरेर एमालेबाट मन्त्री छिराइहालेछन्, यसलाई सच्याउँछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको बताएका छन्।  कांग्रेसका सभापति शेरबहादुर देउवा, शेखर कोइराला र आफु बसेर गठबन्धनप्रति दृढ रहेको सहमति गरे पनि कोशी मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेलाई पनि मन्त्री बनाएर चलखेल भएको दाहालले बताए।

कोशीमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको हो । एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल भयो । हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपियो, यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ ।

विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको छ । यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ । देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक छ ।

देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानुन पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको छ ।