images
images

समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक संघर्ष चर्काउने प्रचण्डको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् ।

सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाले गरेको सभालाई सम्बोधन गर्दै उनले छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी संघर्षका लागि जनपरिचालन गर्ने चेतावनी दिएका हुन् । जनपरिचालनको कार्यक्रम बनाउन लागेको जानकारी दिँदै उनले त्यसकै तयारीमा जुट्न आग्रह गरे ।

‘मदेसदेखि सुदूरपश्चिमसम्म भएका सन्देशसभा रियल्सन मात्र हो । छिट्टै मोर्चाको बैठक बसेर अहिलेसम्म भएका कामको समीक्षा गर्छौँ । म चाहन्छु प्रतिक्रान्तिकारीको विरुद्ध देशभर ठूला सहरमा जनपरिचालन तुरुन्त गर्न जरुरी छ’, चुनौती दिँदै उनले भने, ‘परिवर्तन विरोधी, स्वैच्छाचारी, अराजकतावादीहरू सडकमा आएर क्रान्तिकारी र परिवर्तनकारीलाई चुनौती दिएका छन् । तीनका विरुद्ध लाखौं जनता र कार्यकर्ता सडकमा ल्याएर चुनौती दिन जरुरी छ ।’