images
images

आजबाट ‘गैरआवासीय नेपाली नागरिकता’ वितरणको काम सुरु

काठमाडौं । सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण गर्दैछ । नागरिकता वितरणको शभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।