images
images

नेपाली राजनीतिमा गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली राजनीतिमा पनि गैरआवासीय नेपालीको उपस्थिति महत्त्वपूर्ण रहेकाे बताएका छन् ।  मंगलबारदेखि राजधानीमा सुरु भएको संघको ११ औँ विश्व सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउदले यस्ताे बताएका हुन् ।

हरेक चुनावमा दलहरूको एजेन्डामा एनआरएनएको विषय पनि हुने गरेको उनकाे भनाइ थियाे । 

उनले  सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग थप हातेमालो गर्न चाहेको बताउँदै एनआरएनएलाई प्रोत्साहन गर्न सरकारले नीतिगत पहल र प्रयत्न गर्दै आइरहेको बताए । एनआरएनएको माग र एजेन्डा समेट्न परराष्ट्र मन्त्रालयले छुट्टै महाशाखा बनाएको उल्लेख गर्दै  मन्त्री साउदले एनआरएनए भनेको सरकारको अवैतनिक राजदूत भएको बताए । 

उनले विदेशबाट लगानी भित्र्याउन र नेपाली कला तथा संस्कृतिलाई विश्वभर फैलाउन भूमिका खेल्न एनआरएनएलाई आग्रह गरे ।  उनले संघमा महिला, युवा र दोस्रो पुस्ताका एनआरएनएलाई समेट्दै दायरा फराकिलो बनाउन पनि आग्रह गरे । युवा र महिलालाई सशक्त बनाउँदै अघि बढ्दा एनआरएनए अभियानलाई थप बलियो बनाउन सकिने उनको भनाइ छ ।