images
images

अमेरिकी राष्ट्रपति बाइडेन भोली इजरायल भ्रमणमा जाने, हमासले बनधक बनाएकालाई रिहाइको प्रयास गर्ने

एजेन्सी । इजरायल र हमासबीच युद्ध जारी रहेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडेन भोली इजरायल भ्रमणमा जानुहुने भएको छ ।

अमेरिकी बिदेशमन्त्री एन्टनी ब्लिकंनका अनुसार हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको अवस्था बुझ्न उहाँ इजरायल भ्रमणमा जान लाग्नु भएको हो । भ्रमणकै क्रममा बाइडेनले हमास विरुद्ध इजरायल र अमेरिका एकजुट भएको सन्देश दिनुहुने छ । इजरायलमा हुने कुनै आतंकबादी गतिबिधिलाई निर्मुल पार्ने उद्घोष गरेको अमेरिकाले इजरायलका लागि सैन्य सामग्री उपलब्ध गराउनुका साथै मानवीय सहयताका लागि पनि साथ रहेको बताइसकेको छ ।

इजरायलमा रहदा बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र बिदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाईएको छ । इजरायल र हमसबीचको युद्ध ११ दिनमा प्रवेश गर्दा हालसम्म दुबैतर्फ ४ हजारको मृत्यु भइसकेको छ । जसमा १४ सय इजरायली र २७ सय ५० बढी प्यालेस्टाइनी रहेका छन् ।