images
images

न्यायाधीश समाजको अध्यक्षमा सपना मल्ल निर्वाचित

काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छिन् । मंगलबार कार्की ब्याङ्क्वेटमा भएको साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । 

समाजको कार्यसमिति सदस्यहरुको पदावधि दुई वर्षको हुने भएपनि न्याय परिषद्को सदस्य भएपछि समाजको कार्यसमिति छाड्नुपर्ने भएकाले यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएका थिए । त्यसपछि भएको साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ललाई अध्यक्षमा निर्वाचित गरेको हो । 

समितिको उपाध्यक्षमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । समाजको महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर र कोषाध्यक्षमा बालेन्द्र रुपाखेती निर्वाचित भएका छन् । सदस्यहरुमा राजेश्वर तिवारी, तेजनारायण सिंह राई, दुर्गा खड्का, पूर्व न्यायाधीश शेखर पौडेल लगायतका छन् ।