images
images

समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदको माग

काठमाडौं । सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरु कागजमा मात्रै सिमित भएको भन्दै कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउन प्रस्ताव गरेका छन् ।

मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सदस्य कालुराम राईले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन भए/नभएकोबारे बुझ्न निगरानी टोली बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले समितिको बैठक धेरै नै बसेपनि त्यसको उपलब्धी मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।

समिति सदस्य विद्या भट्टराइले समितिमा सरोकारवालाहरुले माग सम्बोधनका लागि निवेदन दिने क्रम बढेको बताउनुभयो । उहाँले समितिमा उजुरी दिनेको संख्या बढेपनि समितिमा उठेका मुद्दाहरुलाई सार्थकतामा परिणत गर्नुपर्ने बताउनुभयो । भट्टराईले समितीमा दर्ज भएका उजुरीहरुलाई योजनावद्ध ढंगले अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले समितीसँग न्याय खोज्न आउने क्रम बढेको बताउनुभयो ।