images
images

जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट कार्यसम्पादन गर्ने ४९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत 

३० असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले उत्कृष्ट कार्यसम्पादन गर्ने ४९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । ६८ औ प्रहरी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठ, प्रहरी निरीक्षक सुरेन्द्र तामाङ, रवीन्द्र अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक उत्तमप्रसाद पौडेल, प्रहरी नायव निरीक्षक ओपेन्द्रकुमार शाही, प्रहरी सहायक निरीक्षक बिदुर खत्री, पविता थापा, मन्दिप पौडेल र बसन्त पौडेल रहेका छन् ।

प्रहरी जवानहरु घनश्याम ज्ञवाली, नारायण देवकोटा, मिलन राना, कृष्णकुमार ऐर, राजेन्द्र भण्डारी, सुजन थापा, डम्वर पुन मगर, हस्तबहादुर सुनार, तमबहादुर बिक, राम धामी, भुवन लामिछाने, सुमन थापा, बुलबहादुर थापा, कृष्णबहादुर थापा, केशव श्रेष्ठ, दिनेश भण्डारी, कल्पना राना, सुरक्षा परियार, सोनिसा गिरी र नविन थारु पनि पुरस्कृत भएका छन् ।

पुरस्कृत हुने प्रहरी कार्यालय सहयोगीमा घबहादुर आले, रिजय ठाकुर, रामबहादुर आले र सनम तामाङ रहेका छन् ।

दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्यालयले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा गोरखा नगरपालिका–३ कि निर्मला परियार, वडा नम्बर ५ का कृष्ण कुँवर, वडा नम्बर ६ कि जसमाया गुरुङ, जंगकुमारी श्रेष्ठ र वडा नम्बर ८ कि भुलमाया गुरुङ रहेका छन् ।

त्यस्तै सिरानचोक गाउँपालिका वडा नम्बर ५ कि प्रमिला घिमिरे, वडा नम्बर ६ का ज्ञानेन्द्र सुवेदी, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ कि सरिता पुडासैनी र शहीद लखन गाउँपालिका वडा नम्बर ८ कि कमला नेपालीलाई पनि सम्मान गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको हो ।