images
images

एनआरएनएका अमेरिका प्रतिनिधि नवीन शेरचनले पत्रकारमाथि हात हाले

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनको उद्घाटनको लगी फोटो खिच्न पुगेका फोटोपत्रकारमाथि दुर्व्यवहार भएको छ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेको तस्बिर खिचिरहेका फोटो पत्रकारहरुलाई एक व्यक्तिले हातले धकेल्दै ‘उता जा’ भनेका थिए। देशसञ्चार डट कमकी फोटो पत्रकार बर्षा शाह र गोरखापत्रका फोटो पत्रकार कविन अधिकारीमाथि युएसएबाट आएका एनआरएनए प्रतिनिधि नविन शेरचनले दुर्व्यवहार गरेको उनीहरूले बताएका छन्।

फोटो पत्रकार बर्षा शाहका अनुसार उनीहरुले भिआइपी र भिभिआइपीहरु बसेको स्थानभन्दा केही पछितिरबाट तोकिएकै स्थानबाट फोटो खिचिरहेका थिए। उनी भन्छिन्, ‘हामीहरु पछाडिबाट फोटो खिचिरहेका थियौं, त्यतिकैमा ती व्यक्ति अचानक आएर हातले हामीलाई धकेल्दै ‘उता जा’ भने।’

सुरुमा राष्ट्रपतिको सुरक्षाकर्मी कोही हो कि भन्ने लागेको भए पनि पछि एनआरएनए युएसए प्रतिनिधि रहेको खुलेको उनले बताएकी छन्।