images
images

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं

काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।

बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।

आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदै हनुहुन्छ । सत्ता गठबन्धनमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसका कोशी प्रदेश सांसद कार्कीले गठबन्धनको निर्णय विपरीत बिद्रोह गरेर एमालेका ३९ जना र कांग्रेसका ८ जना प्रदेश सांसद सहित ४७ जनाको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि उहाँ गत शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

कार्की कांग्रेस नेता डा. शेखर कोइराला पक्षका नेता हुनुहुन्छ । कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीला सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले पनि विश्वासको मत दिने जनाएको छ ।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । शुरुमा एमालेका ३९ र कांग्रेसका ८ जनाको समर्थनमा मुख्यमन्त्रीमा उम्मेदवार बन्नु भएका कार्कीलाई पछि केन्द्रीय सत्ता गठबन्धमा रहेका दलहरुले गठबन्धनकै मुख्यमन्त्रीका रुपमा स्वीकार गरेपछि उहाँलाई बिश्वासको मत पाउन सहज हुने बताइएको छ । प्रदेशसभामा मतदानका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु भने तटस्थ बस्ने भएको छ ।