images
images

विदेशी मुद्रा सञ्चिति  करिब १६ खर्ब पुग्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति करिब १६ खर्ब रुपैयाँ पुगेको विवरण सार्वजनिक गरेको छ। आज राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना साउन र भदौको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकमा यस्तो देखिएको हो।

अहिलेको विदेशी मुद्रा सञ्चितिले साढे १२ महिनाको वस्तु आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झन्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको हो।

विदेशी मुद्रा सञ्चितिको आँकडा आव २०७९/८० को अन्तिम महिना असारको तुलनामा ३.९ प्रतिशतले बढी हो।

भदौ मसान्तसम्म १२ अर्ब १ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ, जुन असारको तुलनामा २.६ प्रतिशत बढी हो। अहिलेको विदेशी मुद्रा सञ्चितिले साढे १२ महिनाको वस्तु आयात गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।