images
images

कोशी प्रदेश मुख्यमन्त्रीमा केदार कार्कीलाई भारी बहुमत

माेरङ – कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत हासिल गरेका छन्। विराटनगरस्थित प्रदेश सभामा बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको पक्षमा ८६ मत हासिल गरेका छन्। ९१ जना प्रदेश सभाको उपस्थितिमा भएको मतदानमा उनको विपक्षमा ५ जना रहेका थिए।

यससँगै कार्की प्रदेशको दोस्रो संस्करणको सरकारमा पाचौं मुख्यमन्त्री भएकाछन्। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम ४७ जना प्रदेश सभासदस्यको साथमा असोज २६ मुख्यमन्त्रीको दाबी गरेका थिए। ८ जना काँग्रेस प्रदेश सभासदस्य र ३९ जना नेकपा एमालेको समर्थनमा दाबी गरेका कार्कीलाई २७ गते प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसैगरि, प्रदेश प्रमुख खापुङले कार्कीलाई असोज २८ गते घटस्थापनाको दिनमा मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए।